जानकी प्रदेश राख्न एमालेको प्रस्ताव, जनकपुर राजधानी तोक्न माग



जनकपुरधाम– नेकपा एमालेले प्रदेश २ को नाम जानकी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । राजधानी जनकपुरधाम ताेेेेक्न माग गर्दै एमालेले प्रदेश सचिवालयमा प्रस्ताव दर्ता गरेको हो।

संसदीय दलका नेता सत्रुधन महतोले पार्टीको निर्णय बमोजिम प्रस्ताव दर्ता गराएको बताएका छन् । यसअघि पनि एमालेले सोही प्रस्ताव दर्ता गराएको थियो । नेपाली कांग्रेसले भने अहिलेसम्म प्रदेशको नाम र राजधानीका विषयमा कुनै पनि प्रस्ताव अघि सारेको छैन् ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादव प्रदेशको नाम मिथिला भोजपुरा हुनुपर्ने बताउँछन् । उनले राजधानी भने जनकपुर हुनुपर्ने पार्टीको धारणा रहेको बताए । प्रदेश सभा गठन भएको साढे तीन वर्ष बितिसक्दा पनि राजधानी र नाम टुंगो लगाउन नसकेको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना हुँदै आएको छ ।