झापामा कोरोना संक्रमितको संख्या एक सयको हाराहारीमा



बिर्तामोड– कोरोना भाइरसको दोस्रो चरणको संक्रमण सुरु भएपछि झापामा संक्रमितको संख्या बढ्दै गएको छ । दैनिक संक्रमितको संख्या थपिँदै गएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।

स्वास्थ्य कार्यालयका कोरोना फाेकल पर्सन जीवन चौलागाईंका अनुसार बुधबार साँझसम्म झापामा सक्रिय संक्रमितको संख्या ८९ पुगेको छ । बुधबारमात्रै १८ जना संक्रमित थपिएका हुन् ।

बुधबार थपिएका संक्रमितमध्ये १६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । दुई जनाको भने एन्टिजन विधिबाट परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।