हरेक चार दिनमा काेराेना संक्रमितको संख्या दोब्बर



बिर्तामोड– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाट ननिस्किन सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना संक्रमण पछिल्लो अवस्थाबारे जानकारी दिँदैै मन्त्रालयलेे सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण दर हरेक चार दिनमा दोब्बर भइरहेको जनाउँदै आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुको विकल्प नभएको बताए । उनले भीडभाडबाट बच्न सबैलाई अनुरोध पनि गरेका छन् ।

विद्यमान स्वास्थ्य संरचना र जनशक्तिले धान्न नसक्ने गरी बिरामीको संख्या बढ्ने खतरा बढेको जनाउँदै मन्त्रालयले भीडभाड हुने सबै खालका कार्यक्रम नगर्न पनि सरोकारवालालाई निर्देशन दिएको छ ।