बुधबारेमा पोखरीमा डुबेर बालकको मृत्यु



वुद्धशान्ति- पोखरीमा डुबेर झापाको बुद्धशान्ति गाउँपालिकामा आज दिउँसो एकजना बालकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका-३ का १३ वर्षीय नितेश पाैडेलकाे माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।

स्थानीय विनोद मोक्तानको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर पाैडेलकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ । स्कुलबाट घर फर्किने क्रममा पाैडेल साथी सुधन चाैहानसँग पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा चौहानलाई स्थानीयले पोखरीबाट निकाले पनि पौडेल डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले पोखरीको पानी बाहिर फ्याँकेर शव निकालेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।