झापाका अग्रज पत्रकार लीला बराललाई जनसेवाश्री पदक



बिर्तामाेड– सरकारले झापाका अग्रज एवम् सिद्धहस्त पत्रकार लीला बराललाई जनसेवाश्री पदक प्रदान गर्ने घोषणा गरेको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदक पाउनेको नाम सार्वजनिक गर्नुभएको हो ।

पत्रकारिताको माध्यमबाट गरेको सेवाको कदर गर्दै सरकारले पत्रकार बराललाई उक्त पदक प्रदान गर्न लागेको हो । २०४५ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका बराल लामो कान्तिपुर दैनिकमा आबद्ध थिए ।

पत्रकारिताको व्यवसायिक जीवनमा पत्रकार बरालले आफूलाई सधैं निष्ठापूर्वक समर्पित गरेका छन्। त्यसैको योगदान स्वरुप सरकारले उनलाई उक्त पदक प्रदान गरेको हो। संविधान दिवसको अवसरमा घोषणा भए पनि राष्ट्रपतिले उक्त पदक आगामी वैशाख १ गते प्रदान गर्ने जनाइएको छ ।