बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा उमेश शर्मालाई प्रबल जनसेवाश्री




झापा– झापा बिर्तामोडको बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा उमेश शर्मा प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपतिले आज संविधान दिवसको अवसर पारेर उक्त पदक घोषणा गरेकी हुन् । आगामी वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई उक्त सम्मान प्रदान गर्ने छिन् ।

स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत उनलाई यो सम्मान दिइएको हो । रेडियोलोजी क्षेत्रमा नेपालकै औंलामा गन्न सकिने अब्बल चिकित्सक शर्मा बीएन्डसी मेडिकल कलेजमा सुरुदेखि नै कार्यरत छन् । नेपालभरिमा १०५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले पदक पाएका छन् । जसमध्ये झापाका उनी मात्र हुन् ।