विद्युत् मिटर र ट्रान्सफर्मर अभाव



झापा– देशभर विद्युत मिटर र ट्रान्सफर्मरको अभाव भएकाे छ । उत्पादित बिजुली खपत नभइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर र मिटरको अभाव झेल्नु परेको हो ।

प्राधिकरणका सबै वितरण केन्द्रमा सिंगल र थ्री फेज मिटरको अभाव छ । समयमा टेन्डर आव्हान गरी आपूर्ति गर्न नसक्दा अभाव देखिएको हो । उपभोक्ताको मागअनुसार मिटर उपलब्ध हुन सकेका छैनन् ।