निर्दयी आमाबाबु, जसले मारे ८२ जना सन्तान



झापा– आमा बुवाबाट पछिल्लो तीन वर्षमा ८२ जना सन्तानको हत्या भएको छ । मारिनेमा २७ नवजात शिशु छन् । श्रीमान् श्रीमतीको मिलेमतोमा तीन वर्षमा २६ जना सन्तान मारिएका छन् ।

आमाले मात्रै १७ जना सन्तानको हत्या गरेकी छन् बाबुले मात्रै १२ जना छोराछोरीको हत्या गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पारिवारिक र नातागोताबाट हुने अपराधका घटना बढ्दो अवस्थामा रहेको बताए ।