
दमक– इलाका प्रहरी कार्यालय दमकले एउटा जुवाको अखडा छापा मारेकाे छ। छापाका क्रममा १७ जना जुवाडे कौडा र नगदसहित पक्राउ परेका छन् ।
जुवाको अखडा बाट भाग्ने क्रममा एकजना लडेर घाइते भएको प्रहरीले जनाएको छ । झापाको दमक-१ का हिमाल देवानको घरमा प्रहरीले छापा मारेर जुवाडे समातेको हो ।
देवानको घर कम्पाउण्डको पछाडि पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा पैसाको वाजी थापी जुवाजन्य खेल कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनास्थलबाट ४ लाख २७ हजार नगद बरामद गरेको छ । प्रहरीले नियन्त्रणमा लिएकामध्ये भद्रपुर-१० का ठाकुरप्रसाद निराैलाघाइते भएका छन् । भाग्ने क्रममा उनी लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनको लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेको छ ।
को को छन् त पक्राउ पर्नेहरु ?
१) जिल्ला झापा भद्रपुर न.पा. वडा नं ७ बस्ने बर्ष ५१ को युवराज न्यौपाने ।
२) ऐ ऐ वडा नं ९ बस्ने बर्ष ४९ को दिल बहादुर राई ।
३) ऐ ऐ बिर्तामोड न.पा. वडा नं १ बस्ने बर्ष ४२ को तिर्थ अधिकारी ।
४) ऐ ऐ भद्रपुर न.पा. वडा नं १० बस्ने बर्ष ५० को ठाकुर प्रसाद निरौला ( घाईते)।
५) ऐ ऐ गौरादह न.पा. वडा नं ५ बस्ने बर्ष ४५ को हरि कोईराला ।
६) ऐ ऐ कमल गा.पा. वडा नं ४ बस्ने बर्ष ४७ को सुबिन्द्र सुब्बा ।
७) ऐ ऐ कन्काई न.पा. वडा न. ३ बस्ने बर्ष ३२ को मोहन बराल ।
८) ऐ ऐ बस्ने बर्ष ३२ को सुनिल साह ।
९) जिल्ला मोरङ ग्रामथान गा.पा. वडा नं ४ बस्ने बर्ष ५७ को लक्ष्मी प्रसाद अधिकारी ।
१०) ऐ ऐ ५ बस्ने बर्ष ४२ को नैन कुमार चौधरी ।
११) ऐ ऐ ६ बस्ने बर्ष ४४ को रुपेश तामाङ ।
१२) ऐ ऐ पथरी शनिश्चरे न.पा. वडा नं ४ बस्ने बर्ष ४० को बलराम बस्नेत ।
१३) ऐ ऐ १ बस्ने बर्ष ४३ को गंगाराम मगर ।
१४) ऐ ऐ बेलबारी न.पा वडा नं ११ बस्ने बर्ष २१ को निशान पोखरेल ।
१५) जिल्ला झापा दमक नगरपालिका वडा नं.७ वस्ने वर्ष ४९ को कर्ण राई ।
१६) ऐ ऐ बस्ने बर्ष ४० को राजन दाहाल ।
१७) ऐ ऐ ३ बस्ने बर्ष ३४ को विनोद थेबे ।