कांग्रेस क्रियाशील सदस्यता : थप पाँच जिल्लाको सूची सार्वजनिक



काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यताको थप ५ जिल्लाको सूची सार्वजनिक गरेको छ । डोल्पा, महोत्तरी, सिराहा, बाँके, र सुर्खेतको क्रियाशील सदस्यको अन्तिम नामावली आइतबार सार्वजनिक गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली पनि सोमबारसम्ममा सार्वजनिक गर्ने तयारी रहेको शर्माले बताए । कांग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेर वडा अधिवेशन समेत सकाइसकेको छ ।

शनिबारदेखि ५५ जिल्लामा गाउँनगर अधिवेशन पनि सुरु भइसकेको छ । कांग्रेसले दसैंअघि सबै जिल्लाका पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।