उद्योगी ढकाललाई मानार्थ सदस्यतासँगै भद्रपुर जेसीजको सम्मान



बिर्तामोड- भद्रपुर जेसीजले उद्योगी दीपेश ढकाललाई मानार्थ सदस्यता प्रदान गरेको छ । सोमवार आयोजित कार्यक्रमका बचि उद्योगी ढकाललाई जेसीजले मानार्थ सदस्यता दिएको हो । व्यवसायिक क्षेत्रका अगुवा ढकाल सामाजिक अभियानमा पनि सक्रिय छन् ।

झापा भद्रपुर गोल्डकपका अध्यक्ष समेत रहेका ढकाललाई मानार्थ सदस्यतासँगै जेसीजले सम्मान पनि गरेको छ । सामाजिक गतिविधिमा गरिरहेको योगदानको कदर गर्दै जेसीजले ढकाललाई सम्मान गरेको हो ।