शिक्षा

कंगारु एजुकेशनको अल नेपाल रोड शो हँुदै

बिर्तामोड, कात्तिक २८ । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउन्डेशनले देशका मुख्य ५ सहरमा बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो नाम दिइएको उक्त फेयर आगामी कात्तिक २९ गते बिहीबार झापाको बिर्तामोडबाट सुरु हुनेछ । कात्तिक ३० र …

Read More »

क्याम्ब्रिजको अस्ट्रेलिया अफिस सुरु

बिर्तामोड । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले अस्ट्रेलियाको सिड्नीस्थित योर्क स्ट्रिटमा कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । कार्यालयको मणि सिलवाल र प्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सिलवाल चितवन समाज अस्ट्रेलियाका कार्यकारी सदस्य, एजुकेसन सेन्टर अफ अस्ट्रेलिया (इका)का सदस्य तथा शैक्षिक परामर्श संस्था बीएमडब्ल्यूका सञ्चालक हुन् । …

Read More »

बाल कल्याणलाई ढुंगेलले दिइन् कम्प्युटर

झापा, कात्तिक २२ । झापाको शिवसताक्षी ५ स्थित बाल कल्याण आधारभूत विद्यालयको भूतपूर्व विद्यार्थी समाजले नेपालीहरुको महान चाड तिहारको अवसर पारेर दुई थान कम्प्युटर प्रदान गरेको छ । विद्यालय परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी समाजको तर्फबाट एक थान र समाजकी अध्यक्ष भगवती ढुंगेलले व्यक्तिगत एक थान कम्प्युटर प्रदान गरेका …

Read More »

झापा मिडिया कप कात्तिक १५ बाट

बिर्तामोड, असोज २८ । झापाको पुरानो दैनिक विवेचनाको वार्षिकोत्सवमा आयोजना गरिँदै आएको झापा मिडिया कपको दोस्रो संस्करण कात्तिक तेस्रो साता हुने भएको छ । मिडिया कपको खेल समितिले आइतबार पत्रकार सम्मेलन गरी कात्तिक १५, १६ र १७ गते अर्जुनधारा ११ स्थित खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो । विवेचनाका …

Read More »

कचनकवल खुला दिसामुक्त घोषणा

सदरमुकाम र सुगम ठाउँ नै बने जिल्ला घोषणामा बाधक कचनकवल, असोज २४ । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६ सय ६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी …

Read More »

कचनकवल खुला दिसामुक्त घोषणा पूर्वसन्ध्यामा दिपावली

कचनकवल, असोज २३ । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुला दिसामुक्त घोषणा गर्ने पूर्वसन्ध्यामा मंगलबार दिपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दिपावली गरिएको हो । कचनकवल खुला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय …

Read More »

प्रधानमन्त्रीको गृहनगर दमक खुला दिसामुक्त

दमक, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक सोमबार खुला दिसामुक्त घोषणा भएको छ । १५ स्थानीय तह रहेको झापामा खुला दिसामुक्त घोषणा हुने दमक एघारौँ स्थानीय तह हो । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दमक …

Read More »

गौरादह बन्यो झापाको दसौँ खुला दिसामुक्त नगर

गौरादह, असोज २१ । भिभिआइपीहरुको नगरपालिकाको रुपमा चिनिने गौरादह झापाको दसौँ स्थानीय तहको रुपमा आइतबार खुला दिसामुक्त घोषणा भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह मुलुकका अर्थमन्त्री, महान्यायाधिवक्ता, सरसफाइ दूत, प्रदेश आन्तरिक मामिलामन्त्री लगायतका विशिष्टहरुको गृहनगर हो । १२ हजार १ सय ४८ घरधुरी रहेको गौरादह नगरपालिकामा ग्लोबल स्यानिटेसन …

Read More »

‘भाग्य बोक्ने झोला’ पाउँदा विद्यार्थी दंग

कचनकवल, असोज २१ । भारतसँग सीमा जोडिएको दक्षिणी गाउँपालिका कचनकवल-६ स्थित दारुल आधारभूत विद्यालयमा अध्ययनरत् सबै विद्यार्थी आर्थिकस्तर अत्यन्तै न्यून भएका परिवारका छन् । यहाँ अध्ययनरत् २ सय १५ विद्यार्थीमा ८५ प्रतिशत मुसलमान र १५ प्रतिशत राजवंशी समुदायका हुन् । अधिकांश विद्यार्थी खालीखुट्टा विद्यालय पुग्छन् । किताबका कठिन शब्द उच्चारण गर्न सक्दैनन् । ‘अप्ठ्यारा शब्दलाई …

Read More »

लिटल स्टारमा बालक्लब

बुधबारे, असोज १२ । झापा बुद्धशान्तिस्थित जयपुरमा रहेको लिटल स्टार इङलिस स्कुलमा २१ सदस्यीय समिति बाल क्लब गठन गरिएको छ । ३ सदस्यीय सल्लाहाकार रहने गरी नयाँ बाल क्लब गठन गरिएको हो । विद्यालयका शिक्षक तथा बाल क्लब संयोजक गोविन्द भण्डारी, विद्यालयका संस्थापक गंगाप्रसाद निरौला, विद्यालयका प्रधानाध्यापक सरोज घिमिरे, सञ्चारकर्मी तथा शिक्षक सरोज …

Read More »