समाज

झापामा ३२ जनामा डेङ्गु सङ्क्रमण

बिर्तामोड–जेठदेखि धरानबाट सुरू भएको डेंगु पूर्वी तराईका ३ जिल्लामा फैलिदै गएको छ। अझै यो नियन्त्रण हुन सकेको छैन। झापा र मोरङमा दैनिक डेंगुका बिरामीको संख्या बढ्दै गएको छ भने धरानमा क्रमशः घट्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार नियन्त्रणमा नआए पनि न्यूनीकरणको प्रयास जारी छ। मोरङमा …

Read More »

मिनी मेला : प्रहरी संरक्षणमा जुवाजन्य खेल

बिर्तामोड– बिर्तामोडको पश्चिम स्टेण्डमा सञ्चालित मिनी मेलामा खुलेआम जुवाजन्य खेल चलिरहेका छन् । स्थानीय प्रशासनको अनुमति र प्रहरीकै संरक्षणमा चलेको मेलामा ढाइस लगायतका जुवाजन्य खेल निर्वाध खेलाइएको हो । पटक–पटक मेलाको म्याद थपिएको छ । जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक १५ दिनका मेलाको म्याद थपेको हो । मेला ५ जेठदेखि …

Read More »

झापामा आर्थिक चलखेलमा विदेशीलाई नागरिकता, तीन कर्मचारी निलम्वित

आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ ।  जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो । ‘छानबिन भइरहेको छ, …

Read More »

इलामका बन्द ५२ चिया उद्योग आजदेखि खुले

इलाम–हरियो चियापत्ती गुणस्तरहीन भएकाले किसानलाई त्यसको न्यूनतम् मूल्य दिन नसकेको भन्दै बन्द भएका सूर्योदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग खुलाउने सहमति भएको छ। हिजो सूर्योदय नगरपालिका कार्यालयमा भएको जनप्रतिनिधि, उद्योगी र किसानबीचको छलफलमा चियामा गुणस्तर कायम गर्दै उद्योग चालू गर्ने सहमति जुटेको हो। छलफलमा सूर्योदय नगरपालिकाले गतवर्ष लागू गरेको ‘हरियो …

Read More »

झापाका उद्योगी–व्यवसायीबीच आर्थिक विधेयकबारे छलफल

रोहित काफ्ले, भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुरले बिहीबार झापाका उद्योगी–व्यवसायीसँग आर्थिक विधेयक २०७६ का प्रावधान सम्बन्धी छलफल गरेको छ । झापा उद्योग संघको आयोजनामा भद्रपुरमा आन्तरिक राजश्व कार्यालयले आर्थिक विधेयक २०७६, आयकर, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क करसम्बन्धी वारी गरिएका नयाँ प्रावधानका विषयमा अन्तरक्रियात्मक छलफल गरेको हो । अन्तरक्रियामा …

Read More »

बिर्तामोडमा खाेज पत्रकारिता तालिम सुरु

विर्तामाेड- नारी सञ्चार गृह झापाकाे अायाेजनामा तीनदिने खाेज पत्रकारिता तालिम सुरु भएकाे छ । अान्तरिक मामिला तथा कानुन मन्त्रालयकाे सहयाेगमा तालिम सुरु भएकाे हाे । तालिमकाे मन्त्रालयका सचिव भरतमणि रिजालले उद्घाटन गर्नुभयाे । तालिममा पूर्वका तीन दर्जन भन्दाबढी सञ्चारकर्मीकाे सहभागिता रहेकाे छ । उद्घाटन समाराेहमा विर्तामाेड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा …

Read More »

साहित्य चौतारीद्वारा विभिन्न पुरस्कार घोषणा

बिर्तामोड– साहित्य चौतारी झापाले असार ३१ गते २० औँ वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ । चौतारीले यो वार्षिकोत्सवलाई ‘कला वर्ष’ का रुपमा मनाउने निर्णय गरेको हो । बिहीवार होटल हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गरी साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले साहित्य, कला र सङ्गीतको क्षेत्रमा योगदान पु¥याउने प्रतिभालाई पुरस्कृत …

Read More »

एक करोड लागतमा बन्दैछ ‘झापा नाटक घर’

सुब्रत न्यौपाने, बिर्तामोड– झापाको बिर्तामोडमा ‘झापा नाटक घर’को निर्माण कार्य सुरु भएको छ । पूर्वको चर्चित क्षितिज नाट्य समूहको अग्रसरतामा बुधवारदेखि झापा नाटक घरको निर्माण कार्य शुभारम्भ गरिएको हो । बिर्तामोड–१ को देवी पञ्चकन्यादेखि एक किलोमिटर उत्तरमा निर्माण सुरु गरिएको भवनको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी र उपप्रमुख पवित्रा महतारा …

Read More »

३० लाख रुपैयाँ नलिने मेयर सिवाकोटीको घोषणा

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले सरकारले दिने निर्णय गरेको ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । मंगलवार साँझ पत्रकार सम्मेलन गरी उनले यस्तो घोषणा गरेका हुन् । अर्जुनधाराका  लक्ष्मण शिवाकोटी हत्या प्रकरणका क्रममा मेयर सिवाकोटीको घरमा तोडफोड हुनुका साथै उनले प्रयोग गर्ने सरकारी र निजी सवारी साधनमा आगजनी भएको …

Read More »

वन मन्त्रालयले पाँच करोड बिरुवा रोप्ने

वन तथा वातावरण मन्त्रालयले पाँच करोड बिरुवा रोप्ने भएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सहरी क्षेत्रसँगै विभिन्न ठाउँका खाली चौर, पर्ती जग्गा, नदी खोला किनार र जंगल क्षेत्रमा वृक्षरोपण गर्ने योजना बनाएको हो । उसले रूख काट्ने मात्र नभई रूख रोप्न प्रेरित गर्न ‘वृक्षरोपण अभियान’कै रूपमा यस वर्ष मनाउने योजना बनाएको …

Read More »

Advertisement