समाज

घरेलु मैदानमानै चुक्यो झापा ११, आर्मी च्याम्पियन

बिर्तामोड÷विवेचना : विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी चौथो झापा गोल्डकप फुटवलको च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधि चुमे सँगै आर्मीले नगद १२ लाख ५५ हजार सहित ट्रफी हात परेको छ । …

Read More »

गोल्डकपमा दयाहाङ, मेनुका र कृष्ण पहारी

झापा– चौथो मगमग झापा गोल्डकपको फाइनल खेलमा नेपाली सिने जगतका कलाकार दयाहाङ राई, मेनुका प्रधान र कृष्ण पहारी आउँदैछन् । चलचित्र ‘साइँली’ को प्रमोशनका क्रममा उनीहरु झापा गोल्डकपको फाइनलमा आउन लागेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । उनीहरुले झापा गोल्डकपको ट्रफी उचालेर दर्शक समक्ष प्रदर्शन गर्नेछन् ।

Read More »

डेढ लाख शिक्षक सेवाबाट विमुख हुँदै

देशभरका सामुदायिक विद्यालयमा कार्यरत १ लाख ५० हजार अस्थायी शिक्षक सेवाबाट विमुख हुने अवस्थामा पुगेका छन् । सरकारले शिक्षकसँग चरणचरणमा सम्झौता गरे पनि सम्झौताबमोजिम संघिय शिक्षा ऐन, २०७५ नआउने पक्का भएपछि उनीहरू सेवाबाट विमुख हुने अवस्थामा पुगेका हुन् । देशभर ४० हजार राहत शिक्षक, ३६ हजार बालविकास शिक्षक, १३ हजार …

Read More »

मोटरसाइकल दुर्घटनामा मृत्यु

दमक–पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को ३ प ७७०० नम्बरको मोटरसाइकल …

Read More »

केपी र प्रचण्ड सुखानी आउँदै

विर्तामोड–नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । झापा विद्रोहका शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली सुखानी आउन लाग्नु भएको हो । यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल सोमबार झापा आइसक्नु भएको छ । झापा विद्रोहका बेला २०२९ साल फागुन २१ गते …

Read More »

झापा गोल्डकप : झापा ११ सेमीफाइनलमा प्रवेश

बिर्तामोड÷विवेचना : आयोजक झापा ११ बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । पाहुनाटोली हङकङ नेप्लिज एकाडेमीलाई १—० गोल अन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न प्रतिस्पर्धात्मक पहिलो क्वार्टरफाइलन खेलमा झापाले पहिलो हाफमा गरेको गोलनै निर्णायक बन्न पुग्यो । पहिलो …

Read More »

चीनबाट चार हजार गाई ल्याइँदै

तीन नम्बर प्रदेश सरकारले छिमेकी देश चीनबाट चार हजार गाई ल्याउने घोषणा गरेको छ । गरिबी निवारणका लागि दुग्ध विकास परियोजना अन्तरगत प्रदेश सरकारले उन्नत जातको गाई नेपाल भित्र्याउने जनाएको हो । यसका लागि प्रदेश सरकार र चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच शुक्रबार साँझ हेटौंडामा सम्झौता भएको छ । …

Read More »

दुव्र्यसनीलाई विद्यार्थीले खुवाए लड्डु

कनकाई : झापाको शिवसताक्षी–१० माइधारको मेची बोर्डिङ स्कूल र बालनिकुञ्ज माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले सुरुङ्गास्थित नयाँ दृष्टि प्रतिष्ठानमा पुगेर लागूऔषध दुव्र्यसनीसँग छलफल गरेका छन् । शुक्रवार १०० जना विद्यार्थी सन्देशमुलक प्लेकार्ड, खादा र लड्डु बोकेर प्रतिष्ठान प्रवेश गरेका थिए । प्रतिष्ठानमा लागुऔषधको दलदलमा फसेका ३५ जना युवालाई सुधारका लागि …

Read More »

मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा

हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ ।  कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिनुभयो …

Read More »

मन्त्री रविन्द्र अधिकारीले अस्ति झापा आएर के भनेका थिए ? (हेर्नुस् भिडियो)

हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको दाहसंसकार गृह जिल्ला कास्कीमा गरिने भएको छ । आज दिनभर राजधानीमा उनको शव राखिनेछ । उनलाई राजकीय सम्मान दिने सरकारको निर्णय छ । भरे साँझ उनको शव पोखरा लगिने जनाइएको छ । भोलि पोखरामा उनको दाहसंस्कार गर्ने कार्यक्रम छ । एक महिनाअघि मन्त्री …

Read More »

Advertisement