साभार

झापामा विप्लवका पाँच कार्यकर्ता पक्राउ

भद्रपुर (झापा), साउन २९ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो सदस्य साथै अखिल (क्रान्तिकारी)का मेची ब्युरो संयोजक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका २६ वर्षीय राजु दास, इलाम जिल्ला इञ्चार्ज, देउमाई नगरपालिका, सिद्धिथुम्काका २५ वर्षीय जीतमान राई, ताप्लेजुङ सिदिङवा …

Read More »

विद्युत प्राधिकरणले कमायो एक अर्ब खुद नाफा, चुहावट इतिहासकै कम

काठमाडौं , साउन २९ । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वाषिर्क खुद नाफा अझै बढ्न सक्ने बताए । गत आर्थिक वर्षमा प्राधिकरणको संचालन मुनाफा …

Read More »

बंगलादेशमा फोटो पत्रकारमाथि भएको ज्यादतीको विरोधमा नेपाली फोटो पत्रकार

काठमाडौँ।  बंगलादेशका फोटो पत्रकारमाथि भएको ज्यादतीको विरोधमा नेपालका फोटो पत्रकारले विरोध प्रदर्शन गरेका छन् । काठमाडौँमा रहेको बंगलादेशको दूतावास अगाडि नेपाली फोटो पत्रकारले विरोध प्रदर्शन गरेका हुन् । केही दिनअघि बंगलादेशको सत्तारुढ दलको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनको क्रममा केही फोटो पत्रकारमाथि आन्दोलनकारीले आक्रमण गरेका थिए । त्यसको विरोधमा फोटो …

Read More »

छोरीको हत्या अभियोगमा बाबु आमासहित ४ जना पक्राउ

वीरगञ्ज , साउन २३। छोरीको हत्या अभियोगमा बारामा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया  प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पि्रयंकाको बाबु ब्रजकिशोर मिश्र, …

Read More »

अपहरित बालकको हत्या, दुई जना अपहरणकारीको प्रहरी इन्काउन्टरमा मृत्यु

काठमाडौं,  साउन २१ । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११  वर्षीय बालक निशान खड्काको हत्या भएको छ । ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे । अपहरणकारीले खड्काको परिवारसँग …

Read More »

दुर्घटनामा बोलबम तीर्थयात्री बालकको मृत्यु

बारा , साउन २१। करैया गाउँपालिकाको काटँघाट मन्दिरमा जल चढाएर फर्किने क्रममा निजगढस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा आइतबार पाँच वर्षीय बालकको मृत्यु भएको छ।  रौतहट खेस्रैयाका रामवचन यादवका छोरा अमितको मृत्यु भएको हो। काटँघाट महादेव मन्दिरमा जल चढाएर फर्किँदै गर्दा ना‍ ४ प २५०५ नम्बरको मोटरसाइकलमा बाबु र आमा अनितादेवीसँगै रहेका अमित …

Read More »

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

२१ साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् । इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपिछ …

Read More »

मंसिरबाट सर्टिफिकेट धितोमा राखेर ७ लाखसम्म ऋण, यस्तो छ तयारी

काठमाडौं, साउन १५ । शैक्षिक बेरोजगारहरुका लागि सरकारले चालु आर्थिक वर्षबाटै शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने लगभग निश्चित भएको छ । यसका लागि अर्थ मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गर्दैछ । अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भदौभित्रै सर्टिफिकेट धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि आवश्यक कार्यविधि …

Read More »

वैशाखयता विपदबाट साढे ४ सयको मृत्यु

काठमाडौं,  साउन १४ । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु भएको हो । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शङ्करहरि …

Read More »

प्रसाई र थापामाथि कारबाही माग गर्दै बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित

काठमाडौं , साउन १४। बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्रीको अभिव्यक्तिप्रति नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ । उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा थापाले त्यहाँको शिक्षाको …

Read More »