साभार

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं,  भदौ १७। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले  भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि …

Read More »

बैंकहरुमा डेढ अर्ब लगानी गर्न राष्ट्र बैंकले माग्यो शिलबन्दी दरभाउपत्र

काठमाडौं,भदौं १५ । नेपाल राष्ट्र बैंकले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले सस्तो ब्याजदरमा क, ख र ग वर्गका वित्तीय संस्थाका लागि यो रकम लगानी गर्न लागेको हो । क वर्गका बैंकहरुका लागि १ अर्ब २३ करोड ३३ लाख रुपैयाँ, ख वर्गका बैंकहरुका …

Read More »

अस्पतालको लापरबाहीले नाबालकको हात काटिएको आरोप, चिकित्सक भन्छन्, ‘ज्यान बचायौं’

सुनसरी, भाद्र १२ । एक महिनाभन्दा बढी समय उपचारमा राखेको एक नाबालकको अन्तत् बायाँ हात काटिएको छ । अभिभावकले चिकित्सकको लापरवाहीले हात काट्नु परेको आरोप लगाएका छन् भने चिकित्सकले मृत्युको मुखमा पुगेको बच्चालाई बचाइएको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिका ८ डुम्राहाबस्ने गोकुल विश्वकर्माले जन्मेको तीन दिनमै नाबालक छोरालाई गत जेठ २७ गते विराटनरको …

Read More »

त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेकलाई प्रवेश निषेध

काठमाडौं, भदौ १२ । त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ । बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । एक्लै जान …

Read More »

फेवातालमा हाम फालेकी किशोरीको शव भेटियो

पोखरा,भदौ ११ । फेवातालमा हाम फालेकी एक किशोरीको शव भेटिएको छ। आइतबार दिउँसो साँढे चार बजे घरबाट निस्केकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछानेको शव भेटिएको हो। पोखराकै छोरेपाटन मावि कक्षा १० मा अध्ययनरत लामिछानेको फेवाताल ड्याम क्षेत्रमा शव फेला पारिएको जिल्ला प्रहरी कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए। अाइतबार राती …

Read More »

बाढीले बगायो माइक्रो बस, यात्रुले हामफालेर ज्यान जोगाए

८ भदौ, सल्यान । छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला …

Read More »

झापामा विप्लवका पाँच कार्यकर्ता पक्राउ

भद्रपुर (झापा), साउन २९ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो सदस्य साथै अखिल (क्रान्तिकारी)का मेची ब्युरो संयोजक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका २६ वर्षीय राजु दास, इलाम जिल्ला इञ्चार्ज, देउमाई नगरपालिका, सिद्धिथुम्काका २५ वर्षीय जीतमान राई, ताप्लेजुङ सिदिङवा …

Read More »

विद्युत प्राधिकरणले कमायो एक अर्ब खुद नाफा, चुहावट इतिहासकै कम

काठमाडौं , साउन २९ । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वाषिर्क खुद नाफा अझै बढ्न सक्ने बताए । गत आर्थिक वर्षमा प्राधिकरणको संचालन मुनाफा …

Read More »

बंगलादेशमा फोटो पत्रकारमाथि भएको ज्यादतीको विरोधमा नेपाली फोटो पत्रकार

काठमाडौँ।  बंगलादेशका फोटो पत्रकारमाथि भएको ज्यादतीको विरोधमा नेपालका फोटो पत्रकारले विरोध प्रदर्शन गरेका छन् । काठमाडौँमा रहेको बंगलादेशको दूतावास अगाडि नेपाली फोटो पत्रकारले विरोध प्रदर्शन गरेका हुन् । केही दिनअघि बंगलादेशको सत्तारुढ दलको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनको क्रममा केही फोटो पत्रकारमाथि आन्दोलनकारीले आक्रमण गरेका थिए । त्यसको विरोधमा फोटो …

Read More »

छोरीको हत्या अभियोगमा बाबु आमासहित ४ जना पक्राउ

वीरगञ्ज , साउन २३। छोरीको हत्या अभियोगमा बारामा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया  प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पि्रयंकाको बाबु ब्रजकिशोर मिश्र, …

Read More »