Tag Archives: संस्कृति

रंगकर्मी कवितालाई कर्मठ महिला सम्मान

धुलाबारी, पुस २१ । सुसेली साहित्यिक परिवार झापाले रंगकर्मी कविता नेपाललाई ‘वेदकुमारी रेग्मी कर्मठ महिला’ सम्मानबाट शनिबार सम्मान गरेको छ । १० हजार १ सय रुपैयाँको यो पुरस्कार वरिष्ठ साहित्यकार कुन्ता शर्माले शनिबार झापाको पर्यटकीयस्थल बाँसबारी सिमसारमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् । नेपाल परिवर्तन थिएटर झापाका अध्यक्ष समेत हुन् …

Read More »

खादा विवादबारे शिवाकोटीले भनेः आइएम सरी !

बिर्तामोड, पुस २० । तमु ल्होसारका दिन एक कार्यक्रममा खादा प्रयोगबारे बोल्दा विवादित बनेका बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले माफी मागेका छन् । उनले विवेचनासँग यस्तो स्पष्टीकरण दिएका छन् : मलाई जुनसुकै कार्यक्रममा खादाको प्रयोग पहिलेदेखि नै चित्त बुझ्दैनथ्यो । मेयर भएदेखि यता सयौँ कार्यक्रममा मैले खादाको विरोधमा बोल्दै आएको छु …

Read More »

फेसबुकमा भाइरल बालगायक जेनिस (भिडियो सहित)

चार वर्षको तोते बोलीदेखि नै गीत गाउन थालेका बिर्तामोडका जेनिस उप्रेती यति बेला चर्चामा छन् । जेनिसले गाएको गायक रामकृष्ण ढकालको ‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो’ बोलको गीतको कभर भर्सनले फेसबुक भिडियोमा लगभग डेढ लाख दर्शक पाएको छ । एक हप्ताअघि फेसबुकमा अपलोड गरिएको भिडियोलाई एक हजार दुई सयभन्दा बढीले …

Read More »

संगीताको अनायसै आँसु झर्दा (भिडियो सहित)

नेपाली संगीत क्षेत्रमा गजल लिएर नवगायिका संगीता रणपहेँली प्रवेश गरेकी छन् । उनको स्वरमा रहेको ‘अनायसै आँसु झर्दा’ बोलको गजल युट्युबमार्फत रिलिज भएको छ । कमला रणपहेँलीको शब्द तथा अनुप भट्टराईको संगीत रहेको सो गजल संगीताको पहिलो सांगीतिक कोसेली हो । सो गजलको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । …

Read More »

झापालाई सरसफाइ सिकाउँदै गौरादहको गौचरन

हिमाल खरेल गौरादह, साउन १९ । इच्छा, योजना र प्रतिबद्धता भएमा समाज परिवर्तन सजलै हुन सक्छ भन्ने उदाहरण गौरादहको गौचरन बस्तीले देखाइदिएको छ । १८ घरधुरी रहेको गौचरनमा एक वर्षअघिसम्म एउटा घरमा मात्र चर्पी थियो । एक वर्षको अवधिमा गौचरन बस्तीमा त चर्पी बने नै, सिंगै वडासमेत खुला दिसामुक्त भयो …

Read More »

जगतगुरु शंकराचार्य हेमानन्दलाई झापामा नागरिक अभिनन्दन

शनिश्चरे । जगतगुरु शंकराचार्य हेमानन्द गिरीलाई झापाको साधुटारमा पहिलोपल्ट सोमबार नागरिक अभिनन्दन गरिएको छ । गिरी विश्वकी प्रथम महिला जगतगुरु शंकराचार्य हुन् । उनी मोरङ पथरीमा जन्मिएकी हुन् । एक साताअघि जगतगुरु शंकराचार्यको पदवी पाएपछि नेपालमै पहिलोपल्ट आधिकारिक रुपमा अर्जुनधारा–१ स्थित शंकराचार्य विद्यापीठमा नागरिक अभिनन्दन गरिएको हो । सिंगो नगरबासीको …

Read More »

गौरीगञ्ज गाउँपालिका खुला दिसामुक्त र पूर्ण खोप सुनिश्चित घोषणा

गौरीगञ्ज, असार ३ । झापाको सातौं स्थानीय तहको रुपमा गौरीगञ्ज गाउँपालिका आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । यसअघि तीन नगरपालिका र तीन गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । सोही कार्यक्रममा गौरीगञ्ज पूर्ण खोप सुनिश्चित गाउँपालिका समेत घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, …

Read More »

इद उल फित्रः दान, आशीर्वाद र नमाज

बिर्तामोड, असार २ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् । शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने …

Read More »

भद्रपुर ९ खुला दिसामुक्त

भद्रपुर, जेठ ३० । भद्रपुर नगरपालिकाको वडा नम्बर ९ खुला दिसामुक्त भएको छ । आदिवासी समुदाय र मजदुरहरुको अधिक बसोबास रहेको सो वडा बुधबारदेखि खुला दिसामुक्त वडा घोषणा भएको हो । सो वडास्थित मुना सामुदायिक भवनमा आयोजित समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले ‘खुला दिसामुक्त क्षेत्र’ लेखिएको …

Read More »

अर्जुनधारा खुला दिसामुक्त घोषणा

अर्जुनधारा, जेठ २७ । अर्जुनधारा नगरपालिका झापा जिल्लाको पाँचौँ स्थानीय तहको रुपमा खुला दिसामुक्त घोषणा भएको छ । सरसफाइ सप्ताहको समापनको अवसरमा आइतबार अर्जुनधारालाई खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्त अभियान सुरु हुनुअघि लिइएको आधाररेखा सर्वेक्षणमा १३ हजार १ सय ११ घरधुरी रहेको अर्जुनधारा नगरपालिकामा आधाररेखा सर्वेक्षणअनुसार ७ …

Read More »