Tag Archives: Accident

स्काभेटर पुरिँदा चालकको मृत्यु

ताप्लेजुङ, जेठ २३।  फक्तालुङ गाउँपालिका–२ खेजेनिममा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। मंगलबार साँझ झरेको पहिरोले बा २ ग ५२६३ नम्वरको स्काभेटर पुरिँदा चालक पाँचथर, हिलिहाङ गाउँपालिका–२ का कृष्णवहादुर कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ। घटनामा सहचालक …

Read More »

बञ्चरोले हानेर हत्या

ताप्लेजुङ, जेठ ९ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेमा छिमेकीको बन्चरो प्रहारबाट एक युवकको ज्यान गएको छ । सामान्य विवाद पछि बन्चरो प्रहार हुँदा घाईते बनेका स्थानीय ३५ का किशोर लिम्बुको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सामान्य विवाद पछि साँझ स्थानीय डम्बर लिम्बुले …

Read More »

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

लोकनाथ रिजाल दमक, जेठ ८ । झापा र मोरङमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ५ मा सोमबार राति रोकिराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ पाडाजुँगीचोकमा राति साढे ११ बजेतिर बिग्रेर रोकिएको मे. १ त ४५२८ नम्बरको ट्याक्टर …

Read More »

ठक्करबाट दुई साइकलयात्रीको मृत्यु

बिर्तामोड, वैशाख २९ । झापाको मेचीनगर १० मा शनिबार ना. ४ख २८८१ नम्बरको बसले ठक्कर दिँदा नामथर वतन नखुलेका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृतकको हालसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मृतक गहँुगोरो वर्णको उचाइ ५ फिट ४ इन्च, केश कालो छोटो …

Read More »

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

शान्तिनगर, वैशाख २१ । झापाको बुद्धशान्ति ४ हापेनचोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति ४ बाँझो खेतका २२ वर्षीय अमृत आले मगर रहेका छन् । बिहान साढे ६ बजे बुधबारेबाट घर जाँदै गर्दा बुद्धशान्ति ४ बाँझो खेतका आले मगर मे. ८ …

Read More »

विद्यालय बसको ठक्करबाट मोरङमा बालिकाको मृत्यु

विराटनगर , वैशाख २१ । मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । ठक्कर दिने धनपालथानस्थित एक अंग्रेजी बोडिङ स्कूलको को १ …

Read More »

दुर्घटनामा पाँच घाइते

बिर्तामोड, चैत ५ । झापा बिर्तामोड ६ काली मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले टक्कर दिँदा तीनजना घाइते भएका छन् । मे. ६ प ८५३८ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको मे. ३ प ४७०६ नम्बरको अर्को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा मे. ३ प ४७०६ का चालक बिर्तामोड ३ बस्ने …

Read More »

बिर्तामोडमा ट्रिपरले सिटी सफारीलाई ठक्कर दिँदा…

बिर्तामोड, चैत ३ । शुक्रबार साँझ बिर्तामोड शनिश्चरेरोडमा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कचनकवल ७ का ४२ वर्षीय नुर हुसेन मिया छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना. ७ ख ६७३६ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको सिटी सफारीलाई ठक्कर दिँदा मिया गम्भीर घाइते भएको प्रहरीले जनाएको …

Read More »

दुर्घटनामा १६ घाइते

बिर्तामोड, फागुन ३० । दमक-२ स्थित सूर्योदय टोलमा पर्ने भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट स्थानीय ४२ वर्षीया सविता चाम्लिङ राई घाइते भएकी छन् । सवितालाई आफै घरअगाडि मंगलबार दिउँसो मे. ९ प ७६५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ । उनको टाउकोमा चोट लाग्नुका साथै करङ …

Read More »

दुर्घटनामा पर्यो विल्सनले हाँकेको गाडी

हाँस्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ले हाँकेको गाडी दुर्घटनाग्रस्त भएको छ । भाग्यबस दुर्घटनामा विल्सनसहित गाडीमा रहेका ५ जना सकुसल छन् । मोरङको मधुमल्लामा आयोजित एउटा महोत्सवमा सहभागी भएर झापाको विर्तामोडस्थित आफ्नो घरमा फर्किने क्रममा सुरुङ्गामा गाडी दुर्घटना भएको हो । अगाडिबाट आएको कुकुरलाई छल्न खोज्दा गाडी रोडबाट गुल्टिएर तल खसेको विल्सनले …

Read More »