Tag Archives: ekraj

समस्यालाई बुझ्ने प्रयास

एकराज प्रधान जीवनमा समस्या आआफ्नै छन् । हुन्छन् । र, एउटा ध्रुवसत्य कुरो के हो भने – सबैलाई आफ्नै समस्या ठूलो लाग्छ । एउटा समस्या आइपर्छ, जसोतसो टर्छ । टारिन्छ । फेरि अर्को थपिन्छ । …. र, जीवन यसै-यसै बित्छ । कसलाई छैन र समस्या ? गरिबलाई पैसाको समस्या । धनीलाई पैसा अनुसार शिक्षाको समस्या । सामाजिक प्रतिष्ठाको समस्या । …

Read More »

अनुशासनबाट खुसी

एकराज प्रधान अनुशासन । हामीले धेरै ठाउँमा यसलाई पालना र्गयौँ । घर, विद्यालयदेखि जागिर र व्यावसायिक जीवनमा पनि । कति अनुशासनलाई तोडेर रमाइयो होला, कति पालना गरेर दु:खी भइयो होला । तर, जीवनमा आफूले आफैँलाई अनुशासित र्गयौँ कि गरेनौँ ? यो आत्मसमीक्षाको विषय हो । हामी प्राय: अरुले नै निर्धारण …

Read More »

सपना र जीवन

एकराज प्रधान मान्छे‌ सपना दे‌ख्छ । कल्पन्छ । अनि जीवनको‌ कुनै‌ न कुनै‌ लक्ष्यलाई समाते‌र पछि-पछि दौ‌डन्छ । जीवनमा कति सपना दे‌ख्ने‌, कस्तो‌ सपना दे‌ख्ने‌ ? कुनै‌ टुङ्गो‌ हुँदै‌न । बस्, सपना दे‌ख्नु नै‌ ठूलो‌ कुरो‌ हो‌ । सफलता-असफलता त्यसपछिको‌ कुरा । हामी जीवनमा कयौ‌ँ सपना दे‌ख्छौ‌ँ । कति पूरा …

Read More »

अथक जिन्दगी

अहिले धेरैको एउटै महान् लक्ष्य हुन्छ – पैसा कमाउने । सम्पन्न जिन्दगी बाँच्ने । यो आम सपना हो । पैसा त्यो चिज हो जसले जीवनका अधिकांश आवश्यकता पूरा गर्दिन्छ । आवश्यकता र पैसाबीचको घनिष्टतासँग खुसी जोडिएको हुन्छ । त्यही खुसीका लागि मानिस अथक संघर्ष गरिरहेको छ । संघर्ष गर्ने क्रममा …

Read More »

जीवनको मज्जा !

एकराज प्रधान समय पल-पल बितिरहेको छ । जिन्दगी पल-पल घटिरहेछ । तर, जीवनको अर्को एक वर्ष बितेको हामी त्यति बेला मात्रै थाहा पाउँछौँ, जतिबेला कसैले ह्याप्पी बर्थ डे टु यू भन्छन् । बालापन बितेको विद्यार्थी जीवनमा थाहा हुन्छ, विद्यार्थी जीवन बितेको जागिरे जीवनमा । काँधमा थामिनसक्नुको जिम्मेवारी लिँदैमा युवा उमेर …

Read More »

शिक्षामा लगानी, जीवनभर आम्दानी

एकराज प्रधान हामी धेरैमा एउटा नराम्रो बानी हुन सक्छ, समय हुञ्जेल वास्तै नगर्ने, बितेपछि पछुताउने । आफूसँग हुन्जेल मतलबै नहुने, जब टाढिन्छ अनि मात्र त्यसको महत्व थाहा हुने । यसको एउटै कारण हो – हामी बुझाइमा पछि परिरहेका छौँ । हाम्रो चेतनाले काम गरिरहेको छैन, सचेत छैनौँ । सन्दर्भ शिक्षाको …

Read More »

अवसर‌को सिर्जना

एकराज प्रधान कर्मशील मानिस भाग्यमा विश्वास गर्दैन । ऊ भाग्य छ भन्दैमा डोकोमा दूध अडिने कुर‌ालाई स्वीकार्दैन । बरु डोकोलाई बाक्लो गर‌ी बुनेर‌ अड्याउन सकिने सम्भावना देख्छ । र‌, त्यो भनाइलाई यसर‌ी परि‌वर्तन गरि‌दिन सक्छ – ‘कर्म गर‌े डोकोमा दूध पनि अडिन्छ’ । अधिकांश मानिस ‘अवसर‌ आउँछ’ भन्नेमा ढुक्क हुन्छन् …

Read More »

सम्बन्ध : टुक्रायाउन सजिलो‌, जो‌ड्न गाह्रो‌

एकराज प्रधान जीवन सबै‌को‌ आफ्नै‌ तरि‌काले‌ चलिर‌हे‌को‌ छ । आफ्नै‌ सुर‌मा, आफ्नै‌ र‌फ्तार‌मा । जीवनको‌ सुरुवातसँगै‌ सम्बन्धहरु बन्छन् । तिनै‌ सम्बन्धहरुको‌ प्रे‌र‌णा, भर‌ो‌सा र‌ आफ्नो‌पनले‌ जीवनलाई डो‌होर्‌याउँछ र‌ गन्तव्यको‌ मार्गनिदेर्‌श गर्छ । सम्बन्धहरु बढ्दै‌ जान्छ । गाँसिन्छ, छो‌डिन्छ । यहाँ गाँसिनु र‌ छो‌डिनु स्वभाविक हो‌ । समय र‌ परि‌स्थितिले‌ कतिपय अवस्थामा चाहे‌र‌-नचाहे‌र‌ सम्बन्धको‌ दूर‌ी फर‌क पार्दछ । तर‌, …

Read More »

हार-जीत होइन, अब समृद्धिको लडाइँ

 एकराज प्रधान देशमा नागरिक मानसिकता विभाजित बनेको छ अहिले । हार र जीतको पक्ष-विपक्षमा । हार्नेहरु निराश मनस्थितिमा लोकतान्त्रिक द्धतिबाट प्राप्त मत परिणामलाई स्वीकार्ने कोसिसमा छन् । जित्नेहरु उल्लासको उमङ्गमा उडिरहेका छन् । हार-जीत स्वभाविक हो । तर, जब आफूलाई पर्छ नि, त्यो स्वीकार्नलाई निकै ठूलो साहस चाहिन्छ । त्यो …

Read More »

जीवन सुखका लागि

एकराज प्रधान खुसी सबैको चाहना हो । सुख सबैको आशा हो । जसरी मनमा ईश्वरको बास हुन्छ, खुसी र सुखको पनि सधैँभरि आश हुन्छ । त्यसैले हामी सुख प्राप्तिका लागि दु:ख भुलेर जिन्दगीको लामो यात्रा हिँड्ने साहस बटुलिरहेका हुन्छौँ । सोचौँ त, जीवनमा सधैँ खुसी नै खुसी भए ! सुखैसुख …

Read More »