Tag Archives: Football

झापा गोल्डकपको नाफा १९ लाख

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ नाफा गरेको जनाएको हो । गोल्डकप फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । …

Read More »

आज के भएमा अर्जेन्टिना अन्तिम १६ मा पुग्छ ?

झापा, असार १२ । अर्जेन्टिना यतिवेला आफ्नो फुटबल इतिहासको खराबमध्येको एक क्षणबाट गुज्रिरहेको छ। विश्वका सर्बोत्कृष्ट खेलाडी मध्येका एक लियोनल मेस्सी टोलीमा भएपनि अर्जेन्टिना विश्वकपबाट बाहिरिने संघारमा छ। पहिलो खेलमा अप्रत्यासित रुपमा आइसल्याण्डसँग बराबरीमा र दोस्रो खेलमा क्रोएशियासँगको ३–० अन्तरले पराजयपछि २०१४ विश्वकपको उपविजेता टोली अर्जेन्टिनालाई आज अन्तिम मौका छ। …

Read More »

उद्घाटन खेलमा आयोजक रसिया विजयी

झापा, जेठ ३१ । विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र पराजित नहुने इतिहासलाई कायम राख्दै रसियाले बिहीबार भएको विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरेबियालाई पराजित गरेको छ । पूरै खेलमा रसिया हावी रह्यो । साउदी अरेबियालाई पराजित गर्दै रसियाले सन् २००२ यता पहिलो विश्वकप खेलमा विजय हासिल गरेको हो । खेल …

Read More »

महिला फुटबलको उपाधि सनसाइनलाई

विमर्श उप्रेती ज्यामिरगढी, जेठ १२ । प्रथम सनसाइन जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक सनसाइन महिला फुटबल क्लबले उचालेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा पारिजात महिला फुटबल क्लब सालबारीलाई पराजित गर्दै सनसाइनले उपाधि हात पारेकोे हो । प्रतिस्पर्धात्मक फाइनल खेलको दोस्रो हाफको २९ औँ मिनेटमा आयोजकका तर्फबाट सम्झना …

Read More »

महिला फुटबलको फाइनल आज

ज्यामिरगढी, जेठ १२ । प्रथम सनसाइन जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि पारिजात महिला फुटबल क्लब सालबारी र आयोजक सनसाइन महिला फुटबल क्लब शनिबार भिड्दैछन् । मेचीनगर–१५ स्थित ज्यामिरगढी माविको खेल मैदानमा गत शनिबारदेखि सुरु प्रतियोगिताको आज हुने फाइनल खेलमा पारिजात र आयोजक सनसाइनबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि बिहीबार सम्पन्न …

Read More »

मनाङ र पुलिस भिड्ने पक्का

लोकनाथ रिजाल दमक, वैशाख २६ । मनाङ मस्र्याङदी क्लब झापाको दमकमा जारी प्रथम दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङले टाईब्रेकरमा आर्मीलाई ५–४ गोल अन्तरले पराजित ग¥यो । जितसँगै मनाङले उपाधिका …

Read More »

मनाङ माइभ्यालीको फाइनलमा

इलाम, वैशाख १४ । त्रिभुवन आर्मीलाई एक शून्यको अन्तरले पराजित गर्दै मनाङ मस्र्याङदी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार खेल सुरू भएको ५८ औँ मिनेटमा मनाङका अञ्जन विस्टले आर्मीविरूद्ध एक गोल गरेका थिए । मनाङका हेमन गुरूङले हानेको फ्रि किकलाई अञ्जनले …

Read More »

दमक गोल्डकपको तयारी तीव्र

प्रधानमन्त्रीले उद्घाटन गर्ने दमक, वैशाख ४ । झापाको दमकमा हुन लागेको नेपालकै सर्वाधिक राशिको दमक गोल्डकपको तयारी तीव्र पारिएको छ । यही वैशाख १९ गतेदेखि २८ गतेसम्म हुने गोल्डकप फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न आवश्यक सबै तयारी तीव्र पारिएको हो । गोल्डकपको तयारी स्वरुप खेल मैदानमा धमाधम प्याराफिट निर्माण भइरहेको …

Read More »

रमपम झापा–११ अन्तिम चारमा

तेजन खड्का विराटनगर, चैत १९ । आयोजक रिजालको मोरङ–११ लाई टाइब्रेकरमा निराश पार्दै कटारी गोल्डकपको विजेता रमपम झापा ११ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङलाई हराउन झापाले टाइब्रेकर पर्खनुप¥यो । विराटनगरको सहिद रंगशालमा सोमबार भएको खेलमा मोरङलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरी झापा ११ विजयी भएको हो …

Read More »

एन्फा चुनावका लागि परिवर्तन पक्षधरको दौडाह

विमर्श उप्रेती काँकरभिट्टा, चैत ८ । २२ वर्षपछि हुन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनमा परिवर्तन प्यानलका उम्मेदवारहरुले आफ्नो पक्षको विजय निश्चित रहेको दाबी गरेका छन् । झापा जिल्ला फुटबल संघले बिहीबार काँकरभिट्टामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा उक्त प्यानलका उम्मेदवारहरुले यस्तो दाबी गरेका हुन् । आगामी …

Read More »