Tag Archives: Football

झापा गोल्डकपको उपाधि आर्मीलाई

बिर्तामोड, फागुन २८ । बिर्तामोडमा भएको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल रंगशालामा भएको प्रतियोगितामा आयोजक रमपम झापा ११ लाई सडन डेथमा ८−७ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । निर्धारित समय १−१ को बराबरी भएपछि खेलमा १५ मिनेट …

Read More »

झापा ११ फाइनल प्रवेश

बिर्तामोड, फागुन २५ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ विजयी भएको छ । जितसँगै झापाले कम्तिमा ६ लाख रुपैयाँको पुरस्कार सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा रमपम झापा ११ ले ४−३ गोल अन्तरले विजयी भएको …

Read More »

झापा सेमिफाइनल प्रवेश

बिर्तामोड, फागुन २३ । पाहुना टोली सिक्किम युनाइटेडलाई स्तब्ध बनाउँदै रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबारको खेलमा सिक्किमलाई २−१ गोल अन्तरले पाखा लगाउँदै झापा ११ ले सेमिफाइनलमा थ्री स्टारसँगको भेटलाई पक्का गरेको छ । खेलको १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गरेपछि …

Read More »

टाइब्रेकरमा मनाङ भाग्यमानी

बिर्तामोड, फागुन २२ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदा मनाङ मस्र्याङ्गदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले टाइब्रेकरमा सहारा क्लब पोखरालाई ४−३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइब्रेकरमा सहारा पोखराका भीषण गुरुङको …

Read More »

झापा ११ को सहज जित

रमेश समदर्शी बिर्तामोड । रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापा ११ ले सहज जित हासिल गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको छ । पाहुना टोली सुदूरपश्चिमविरुद्व ५-० को जित निकाल्दै घरेलु मैदानमा झापाले विजय यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको उद्घाटन खेलमा झापा …

Read More »

पाँच गोल गर्दै झापा विजयी

बिर्तामोड, फागुन १९ । रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदूरपश्चिमविरुद्व गोलको वर्षा गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदूरपश्चिमविरुद्ध ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो । खेलको छैठौँ मिनेटमा झापा ११ का डिफेन्डर …

Read More »

रामदर्शन र सन्तबहादुरलाई नगदसहित सम्मान दिइने

झापा, फागुन १६ । रमपम झापा गोल्डकप २०७४ मुल आयोजक समितिले नगदसहित सम्मान गर्ने झापाका पुराना दुई चर्चित फुटबल खेलाडीको नाम सार्वजनिक गरेको छ । सचिवालय बैठकले बुधबार सार्वजनिक गरेका दुई खेलाडीमा बिर्तामोड सैनिक बजारका रामदर्शन गुरुङ र सुरुङ्गाका सन्तबहादुर रायामाझी रहेका छन् । उनीहरुलाई झापा गोल्डकपको उद्घाटनका अवसरमा जनही …

Read More »

५ नम्बरले उचाल्यो उर्लाबारी मेयर कप

उर्लाब्ाारी, माघ १३ । मोरङको उर्लाब्ाारीमा सम्पन्न प्रथम मेयर कपको उपाधि वडा नम्बर ५ ले उचालेको छ । शनिबार भएको खेलमा उसले वडा नम्बर ७ लाई १-० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो । वडा नम्बर ५ का लागि उपाधि दिलाउन टिम कप्तान निरज बस्नेतले गरेको १ गोल नै निर्णायक …

Read More »

सेमिफाइनलमा उर्लाबारी-४

उर्लाबारी माघ ७ । मोरङको उर्लाबारी–३ मंगलबारेमा जारी पहिलो मेयर कप अन्तर्गत आइतबार भएको खेलमा वडा नम्बर ४ विजयी भएको छ । उसले वडा नम्बर ३ लाई १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो । वडा नम्बर ४ को जितका लागि अनिल तिम्सिनाले गरेको गोल निर्णायक बन्यो …

Read More »

रियलको सहज जित, बार्सिलोना सेल्टा भिगोसँग रोकियो

स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडले नुमान्सियालाई ३-० को अन्तरले हराएको छ । अर्को तर्फ बार्सिलोना भने सेल्टा भिगोसँग पहिलो लेगमा १-१ को बराबरीमा रोकियो । रियल म्याड्रिडले ३५ औं मिनेटमा ग्यारेथ बेलको पेनाल्टीमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको अन्तिम समयतिर रियलले थप दुई गोल गर्न सफल भयो …

Read More »