Tag Archives: Health

सुनसरी खुला दिसामुक्त जिल्ला घोषणा

सुनसरी, असार १९ । सुनसरीलाई मंगलबार खुला दिसामुक्त घोषणा गरिएको छ । यो नेपालको ५६ औँ खुला दिसामुक्त जिल्ला हो । प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले जिल्ला खुला दिसामुक्त घोषणा गरिन् । १ लाख ४४ हजार ३ सय ४७ घरधुरी रहेको सुनसरीमा विसं २०५९ देखि …

Read More »

मदन भण्डारीको जन्म जयन्तीमा रक्तदान

बिर्तामोड, असार १४ । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ६६ औँ जन्म जयन्तीको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा यो वर्षकै सबैभन्दा धेरैले रक्तदान गरेका छन् । बिहीबार झापाको बिर्तामोडमा मदन भण्डारी फाउन्डेसन झापा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रमको सुरुवात प्रदेशसभा सदस्य वसन्त बानियाँले गरेका थिए । कार्यक्रममा ११७ …

Read More »

कञ्चनमा स्वास्थ्य शिविर

बिर्तामोड, असार १४ । बालबालिकालाई स्वास्थ्यसम्बन्धी सचेतना जगाउने उद्देश्यले बिर्तामोड ७ बिरानको कञ्चन अंग्रेजी माविमा एक दिन निःशुल्क शिविर सम्पन्न भएको छ । विद्यालय परिसरमा भएको स्वास्थ्य शिविरमा चार सयजनाभन्दा बढी स्वास्थ्य परीक्षण गरेको प्रिन्सिपल सुरेन्द्र खरेलले जानकारी दिए । विद्यालयको आयोजना तथा मनमोहन सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न …

Read More »

भद्रपुरमा भेटिए १२ नयाँ कुष्ठरोगी

भद्रपुर, असार ५ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका क्षेत्रभित्र कुष्ठरोग प्रभावित १२ जना नयाँ बिरामी फेला परेका छन् । नेपालमा सन् २०१० मै निवारणको चरणमा पुगिसकेको कुष्ठरोगको जोखिममै रहेको झापामा सञ्चालन गरिएको कुष्ठरोग खोजी अभियानका क्रममा भद्रपुरमा त्यतिको संख्यामा नयाँ रोगी पत्ता लागेको हो । भद्रपुरको वडा नम्बर ३, …

Read More »

भद्रपुर ९ खुला दिसामुक्त

भद्रपुर, जेठ ३० । भद्रपुर नगरपालिकाको वडा नम्बर ९ खुला दिसामुक्त भएको छ । आदिवासी समुदाय र मजदुरहरुको अधिक बसोबास रहेको सो वडा बुधबारदेखि खुला दिसामुक्त वडा घोषणा भएको हो । सो वडास्थित मुना सामुदायिक भवनमा आयोजित समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले ‘खुला दिसामुक्त क्षेत्र’ लेखिएको …

Read More »

उर्लाबारी पूर्ण खोपयुक्त नगरपालिका

उर्लाबारी, जेठ २९ । मोरङको उर्लाबारीलाई मंगलबार पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले एक कार्यक्रम आयोजना गरी उर्लाबारीलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेको छ । नगर क्षेत्रका बालबालिकालाई शारीरिक तथा मानसिक रूपले सुरक्षित तुल्याउने उद्देश्यले पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगर प्रमुख खड्ग फागोले बताए । बाल विवाह …

Read More »

सरसफाइ सप्ताहमा अनुगमन र घोषणा

भद्रपुर,  जेठ २०। जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले यस वर्षको राष्ट्रिय सरसफाइ सप्ताह कार्यक्रम १० दिनसम्म खुल्ला दिसामुक्त घोषणा र अन्तिम गुणस्तर अनुगमन गरी मनाउने निर्णय गरेको छ । जेष्ठ २२ देखि २८ सम्म सरसफाइ सप्ताह पर्ने भए पनि जेष्ठ २० देखि ३० गतेसम्मका लागि सरसफाइ सप्ताह …

Read More »

विपन्नलाई हँसाएर र सम्मान गरेर खुला दिसामुक्त घोषणा

बिर्तामोड, जेठ २ । गरिब, जग्गाविहीन र पछाडि पारिएको वर्गलाई सधैँभरि समस्याको रुपमा हेर्ने परिपाटीको ठीक विपरीत बिर्तामोड ८ गरामनीले विपन्नहरुलाई सम्मान गर्दै वडालाई खुला दिसामुक्त घोषणा गरेको छ । बुधबार गरामनीमा आयोजित समारोहमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई वडालाई खुला दिसामुक्त भएको घोषणा गरे । ‘सबै वडामा विपन्नहरुलाई समस्या …

Read More »

प्रधानाध्यापक नै विद्यालयको चर्पी सफा गर्दै

बालुवाडी, वैशाख २७ । मिडिया मिसनको स्थलगत अनुगमन र समाचार प्रकाशन प्रसारण भएपछि कचनकवल गाउँपालिका वडा नम्बर ७ बालुबाडीमा रहेको शिव माध्यमिक विद्यालयमा प्रधानाध्यापकको अगुवाईमा प्रयोगविहीन अवस्थामा रहेका चर्पी सफा गरी प्रयोगमा ल्याइएको छ । ‘हामी आपैmँले गर्नुपर्ने काम थियो’, चर्पी सफा गर्दैको अवस्थामा भेटिएका प्रधानाध्यापक टेकनारायण राजवंशीले भने, ‘पत्रकार …

Read More »

सरकारी स्वास्थ्य संस्था नै नियमविपरीत फोहोर थुपार्दै

विनोद धौलागिरि कचनकवल, वैशाख २० । राज्यबाटै सञ्चालित स्वास्थ्य चौकीहरुले अस्पतालजन्य फोहोर खुलामा फाल्दा सर्वसाधारणको ज्यान जोखिममा परेको छ । कचनकवल गाउँपालिका वडा नम्बर ७ को कार्यालय कम्पाउन्डसँगै रहेको स्वास्थ्य चौकीले अस्पतालजन्य फोहोरलाई खुलामा नै फालेको भेटिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयमातहत रहेका स्वास्थ्य चौकीहरु अहिले स्थानीय तहअन्तर्गत सञ्चालन भइरहेका …

Read More »