Tag Archives: politics

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन

धरान, साउन १ । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ । सुब्बाको काठमाडौँको ग्रान्डी अस्पतालमा मंगलबार बिहान ११ बजे निधन भएको हो । कडा खालको निमोनिया भएका सुब्बा एक साताअघि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका लागि गएका थिए । त्यसअघि उनको भारतको निदान अस्पतालमा उपचार भएको र त्यहाँ सञ्चो …

Read More »

मदन भण्डारीको जन्म जयन्तीमा रक्तदान

बिर्तामोड, असार १४ । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ६६ औँ जन्म जयन्तीको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा यो वर्षकै सबैभन्दा धेरैले रक्तदान गरेका छन् । बिहीबार झापाको बिर्तामोडमा मदन भण्डारी फाउन्डेसन झापा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रमको सुरुवात प्रदेशसभा सदस्य वसन्त बानियाँले गरेका थिए । कार्यक्रममा ११७ …

Read More »

मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा प्रहरीको छापा

केही महत्वपूर्ण कागजात फेला परेको प्रहरी दाबी काठमाडौँ, जेठ २५ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको …

Read More »

विराटनगरको कारागरमा नअट्ने भएपछि सुन काण्डका २८ जनालाई झुम्का लगिँदै, गोरेलाई राखियो बेग्लै

विराटनगर : जिल्ला अदालत मोरङले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा पूर्पक्षका लागि जेल चलान गरिएका २८ अभियुक्तलाई क्षेत्रीय कारागार झुम्का लगिने भएको छ। अदालतले एसएसपी दिवेश लोहनीसहित २८ जनालाई मंगलवार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो। तर, कारागारमा ठाउँ नभएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान …

Read More »

बम विष्फोटको चौतर्फी निन्दा

आशंकामा तामाङ पक्राउ दमक, जेठ ७ । दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिका अध्यक्ष भीमप्रसाद पौडेलको घरमा भएको बम विष्फोटको घटनाप्रति चौतर्फी निन्दा गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित मानवअधिकार संगठनले सोमबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर वडाध्यक्ष पौडेलको घरमा गरिएको बम विष्फोटमा संलग्न …

Read More »

कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ। तीमध्ये एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० जना हुनेछन्। ओली र दाहालबीच …

Read More »

पत्रकार महासंघमा गठबन्धन विजयी

बिर्तामोड, वैशाख २२ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एक समितिमा तीन संगठनका साझा उम्मेदवार बहुमतसहित विजयी भएका छन् । शनिबार १४ वटै जिल्लामा सम्पन्न निर्वाचन परिणामअनुसार अध्यक्षमा विक्रम लुइँटेल निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा सोम सुसेली, स्मिता निरौला, महासचिवमा विवेक गौतम, सचिव बुद्धवीर राई, हरि राई र कोषाध्यक्षमा …

Read More »

प्याज बोकेको पिकअपमा आगजनी

इलाम, वैशाख २२ । झापाको बिर्तामोडबाट पाँचथरतर्फ गइरहेको पिकअपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले शनिबार बिहान आगजनी गरेका छन् । को. १ ज ८७१५ नम्बरको पिकअप नेकपाका कार्यकर्ताले मेची राजमार्गमा पर्ने सानवीरेमा शनिबार आगजनी गरेका हुन् । बन्दको अवज्ञा गरेको भन्दै गरिएको आगजनीबाट गाडीको अगाडीको भाग जलेको …

Read More »

झापामा उच्च सुरक्षा सतर्कता

बिर्तामोड, वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओली झापामा रहेकाले जिल्लाको सुरक्षास्थिति मजबुत बनाइएको छ । जिल्लाका आधा दर्जन पूर्वाधारको शिलान्यास र उद्घाटन गर्न मंगलबार प्रधानमन्त्री ओली गृह जिल्ला झापा आएका हुन् । उनी बुधबारसम्म झापामै रहने छन् । झापाका मुख्य बजार तथा ओली पुग्ने स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन …

Read More »

युवा संघ झापा पुनर्गठित

बिर्तामोड, वैशाख १५ । नेकपा एमालेनिकट युवा संघ नेपाल झापा जिल्ला कमिटी शनिबार पुनर्गठन भएको छ । तत्कालीन झापा अध्यक्ष त्रिलोचन सापकोटा हालै केन्द्रीय सदस्यमा मनोनित भएपछि जिल्ला कमिटी पुनर्गठन भएको हो । बिर्तामोडस्थित एमाले पार्टी कार्यालयमा भएको भेलाले अध्यक्षमा तत्कालीन उपाध्यक्ष शम्भु भण्डारी, उपाध्यक्षमा तत्कालीन सचिव नविन इजम, सचिवमा …

Read More »