Tag Archives: SocialWork

मेची आँखा अस्पताल २३ वर्षमा

बिर्तामोड, कात्तिक ३० । आँखाको सस्तो र भरपर्दो उपचारका लागि ख्याति कमाएको झापा बिर्तामोडस्थित मेची आँखा अस्पतालले सेवा सञ्चालनको २२ वर्ष पूरा गरेको छ । यसै अवसरमा अस्पतालले बिहीबार अपरान्ह २२ औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालको सभाहलमा मेची आँखा अस्पताल संघका अध्यक्ष दिनेशकुमार मित्तलको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख …

Read More »

बाल कल्याणलाई ढुंगेलले दिइन् कम्प्युटर

झापा, कात्तिक २२ । झापाको शिवसताक्षी ५ स्थित बाल कल्याण आधारभूत विद्यालयको भूतपूर्व विद्यार्थी समाजले नेपालीहरुको महान चाड तिहारको अवसर पारेर दुई थान कम्प्युटर प्रदान गरेको छ । विद्यालय परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी समाजको तर्फबाट एक थान र समाजकी अध्यक्ष भगवती ढुंगेलले व्यक्तिगत एक थान कम्प्युटर प्रदान गरेका …

Read More »

कचनकवल खुला दिसामुक्त घोषणा

सदरमुकाम र सुगम ठाउँ नै बने जिल्ला घोषणामा बाधक कचनकवल, असोज २४ । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६ सय ६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी …

Read More »

कचनकवल खुला दिसामुक्त घोषणा पूर्वसन्ध्यामा दिपावली

कचनकवल, असोज २३ । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुला दिसामुक्त घोषणा गर्ने पूर्वसन्ध्यामा मंगलबार दिपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दिपावली गरिएको हो । कचनकवल खुला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय …

Read More »

प्रधानमन्त्रीको गृहनगर दमक खुला दिसामुक्त

दमक, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक सोमबार खुला दिसामुक्त घोषणा भएको छ । १५ स्थानीय तह रहेको झापामा खुला दिसामुक्त घोषणा हुने दमक एघारौँ स्थानीय तह हो । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दमक …

Read More »

गौरादह बन्यो झापाको दसौँ खुला दिसामुक्त नगर

गौरादह, असोज २१ । भिभिआइपीहरुको नगरपालिकाको रुपमा चिनिने गौरादह झापाको दसौँ स्थानीय तहको रुपमा आइतबार खुला दिसामुक्त घोषणा भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह मुलुकका अर्थमन्त्री, महान्यायाधिवक्ता, सरसफाइ दूत, प्रदेश आन्तरिक मामिलामन्त्री लगायतका विशिष्टहरुको गृहनगर हो । १२ हजार १ सय ४८ घरधुरी रहेको गौरादह नगरपालिकामा ग्लोबल स्यानिटेसन …

Read More »

स्थापना दिवसमा लायन्सको रक्तदान

बिर्तामोड, साउन २४ । लायन्स क्लब अफ बिर्तामोडले आफ्नो ३२ औँ राष्ट्रिय स्थापना दिवसको उपलक्ष्यमा एक दिने रक्तदान कार्यक्रम गरेको छ । बिहीबार बिर्तामोडको दुर्गा मन्दिर परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै लायन्स क्लब अफ बिर्तामोड, लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ बिर्तामोड सिटी, लियो क्लब अफ अनारमनी र …

Read More »

अर्जुनधाराद्वारा मृतक प्रहरी परिवारलाई २ लाख

शनिश्चरे, साउन ५ । विपद् व्यवस्थापन तालिममा झापाको अर्जुनधारा आएका गोताखोर सशस्त्र प्रहरी जवान अर्जुन बस्नेतको परिवारलाई अर्जुनधारा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले मुलुकमै पहिलोपल्ट विपद् व्यवस्थापनको तालिम जेठ २१ देखि २४ गतेसम्म आयोजना गरेको थियो । तालिम समापनको राति बस्नेतको निधन भएको थियो । उनी बसेको होटलबाट …

Read More »

फेसबुक बुहारी समूहले गर्यो शिशु उपचारमा सहयोग

झापा, साउन ४ । विवाहित महिलाहरुले सञ्चालन गरेको बुहारी समूह (म्यारिड उमन सर्कल) नामक फेसबुक समूह झापाले चार दिनका एक शिशुलाई उपचारका लागि नगद ४९ हजार रुपैयाँ आर्र्थिक सहयोग गरेको छ । नशामा पलाएको ट्युमरका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शिशुको सफल अप्रेसन भए पनि अस्पतालको शुल्क बुझाउन नसकी …

Read More »

जगतगुरु शंकराचार्य हेमानन्दलाई झापामा नागरिक अभिनन्दन

शनिश्चरे । जगतगुरु शंकराचार्य हेमानन्द गिरीलाई झापाको साधुटारमा पहिलोपल्ट सोमबार नागरिक अभिनन्दन गरिएको छ । गिरी विश्वकी प्रथम महिला जगतगुरु शंकराचार्य हुन् । उनी मोरङ पथरीमा जन्मिएकी हुन् । एक साताअघि जगतगुरु शंकराचार्यको पदवी पाएपछि नेपालमै पहिलोपल्ट आधिकारिक रुपमा अर्जुनधारा–१ स्थित शंकराचार्य विद्यापीठमा नागरिक अभिनन्दन गरिएको हो । सिंगो नगरबासीको …

Read More »