छुरा प्रहार गरी श्रीमतीको हत्या




सतासी–झापाको शिवसताक्षी नगरपालिका–६ बस्ने बुधराम मुर्मुले छुरा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीय मुर्मुले श्रीमती ३९ बर्षीया फङके किस्कु मुर्मुको बिहीबार राति हत्या गरेका हुन् ।

भारतको डिगलबैंक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका–६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका उनीहरुबीच वादविवाद हुँदा घटना भएको हो ।

श्रीमानले एक्कासी छुरा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकोमा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । बुधरामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।