रुकुम हत्याविरुद्ध काँकडभिट्टामा प्रदर्शन



 

काँकडभिट्टा– रुकुम हत्याको छानविनको माग गर्दै झापाका विभिन्न दलित संघ संस्थाले बुधवार झापाको काँकडभिट्टामा प्रदर्शन गरेका छन् । पीडित परिवारले न्याय पाउनु पर्ने मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

सामाजिक दुरी कायम गर्दै सहभागीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुको प्रदर्शनमा विभिन्न संघसंस्थाले पनि ऐक्यवद्धता जनाएका छन् । पश्चिम रुकुमका नवराज बिकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै प्रदर्शन भएको हो ।

प्रेम विवाह गर्न खोज्ने दलित युवालाई कुटेर मारिएपछि देशव्यापी आलोचना भइरहेको छ । सरकारले समेत घटनाको छानविन अघि बढाएको छ ।

प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै अधिकांश बक्ताले समाजमा रुकुम घटनाले पशुवत व्यवहार देखाएको आरोप लगाए । काोणसभामादलित अगुवा टीका मग्राती, छबिलाल बिक, ध्रुव कनाल र पत्रकार महासंघ झापाका सचिब सन्तोष आचार्यले सम्बोधन गरेका थिए ।