परपुरुषसँग लागेको भन्दै भण्डारीले गरे श्रीमतीको हत्या



 

दमक- झापाको कमल गाउँपालिकामा हिजो साँझ एकजना महिलाको हत्या भएको छ । कमल गाउँपालिका-१ बस्ने ३९ वर्षीया टिकादेवी पाैडेलकाे हत्या भएको हो ।

खेतमा धान उठाउन गएको बेला पौडेललाई उनकै श्रीमान् चुडामणि भण्डारीले खुकुरीले हानेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खुकुरी प्रहारबाट पौडेलको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । घटनापछि भण्डारी पक्राउ परेका छन्

भण्डारीले श्रीमतीसँगै खेतमा गएका प्रकाशचन्द्र दाहाललाई पनि खुकुरी हानेर घाइते बनाएका छन् । उनको दमकस्थित एड्भान्स अस्पतालमा उपचार भइरहेको छ ।

 दमक प्रहरीको हिरासतमा राखेर भण्डारीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रीमती परपुरुषसँग लागेको थाहा पाएपछि हत्या गरेको उनले प्रारम्भिक बयान दिएका छन् ।